दुर्व्यवहारप्रति मन्त्री योगेश भट्टराईको आयो यस्तो विज्ञप्ति

शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा भएको दुर्व्यवहारप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निजी सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै मन्त्री भट्टराईको सचिवालयले नेपालगञ्ज विमानस्थलमा भएको दुव्र्यवहारको घटना र त्यसपछि आएका समाचारहरुप्रति समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाइँद्वारा जारी विज्ञप्तिमा मन्त्री भट्टराईका कारण विमान उडानमा करिब १५ मिनेट ढिला हुन गएको र यात्रु महानुभावहरुमा पर्न गएको असुविधाप्रति क्षमा मागिएको छ ।

त्यस्तै सो समूहका केही सदस्यहरुले पूर्व युवराज पारस शाहका विरुद्ध दरबारमा सात लाख हस्ताक्षर बुझाएर आफुहरुलाई दुःख दिएको भन्दै मन्त्री भट्टराईमाथि दुव्र्यवहार गरिएको दाबी गरिएको छ ।

विज्ञप्तिमा यात्रु महानुभावहरु र बुद्ध एयरले देखाएको समझ्दारीप्रति हार्दिक आभार प्रकट गरिएको छ । तर घटना र घटनापछि सोही समूहका सदस्यहरुले व्यक्त गरेको विचारप्रति भने गम्भीर आपत्ति जनाइएको छ । 

यस्तो छ सचिवालयले जारी गरेको विज्ञप्ति: 

#योगेश भट्टराई