कम्युनिस्ट आदर्श अनुसार राजनीति गरौं : करण

- नेकपा पोखरा २२ को सपथ ग्रहण

नेकपा केन्द्रय सदस्य एवं कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ करणले पार्टी नेता, कार्यकर्तालाई अहिले परिस्थितिलाई मनन गरी कम्युनिस्ट आदर्श अनुरुप राजनीति गर्न आग्रह गरेका छन् । उनले दुई तिहाइको सरकारमात्र आफूहरुको लक्ष्य भएको भन्दै समतामूलक समाज र समाजवादसम्मको यात्रामा लाग्न अनुरोध गरे ।

नेकपा पोखरा २२ को वडा कमिटीको शनिबार भएको सपथ ग्रहण समारोहमा उनले कम्युनिस्टको आदर्श, निष्ठा र देशको आवश्यकतालाई मार्गदशन मानेर अघि बढ्न आग्रह गरे । नेकपा पोखरा २२ मा चण्डिका बरालको अध्यक्षतामा ४५ सदस्यीय वडा कमिटी बनेको छ ।

कमिटीको सचिवमा त्रिलोचन बराल छन् । सदस्यमा खेमराज बराल, यामबहादुर गुरुङ, धनकुमारी शर्मा ,बेलबहादुर गुरुङ ,प्रेम गुरुङ ,प्यामलाल बराल, श्यामलाल अधिकारी, भवानीशङ्कर बास्तोला, टेकनाथ बराल, गुरुदत्त बराल, मणिराम बराल, टंक पुन, अदिप बराल, राजेन्द्र बराल, चन्द्रसिंह नेपाली, लक्ष्मीप्रसाद बराल, लक्ष्मीप्रसाद पौडेल ,सुन्दर बराल, मुक्तिप्रसाद बराल, सौगात बराल छन् ।

यस्तै, चोकमाया बराल, थमन परियार, झमकनाथ देवकोटा, कुशल बराल, ईश्वरी लामिछाने, राज गुरुङ, कृष्णबहादुर विंक, नरध्वज गुरुङ, धुृव्रराज पौडेल, बाबुराम विक, उदयबहादुर खत्री, गणेश जिसी, मीनबहादुर बास्तोला, हेमराज बराल, नरबहादुर खड्का, निर्मल भुजेल, प्रसाद गुरुङ, कृष्णप्रसाद बराल, महेन्द्रराज बराल, दीपक बराल र दलबहादुर विक छन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य रामजीप्रसाद बराल जीवनले संघीयता स्थापनापछि विकासको जग बसेको उल्लेख गर्दै चाडै प्रतिफल आउने उल्लेख गरे । जिते मुक्ति, हारे मृत्यु भनेर योगदान गर्नेहरुले अब समृद्ध नेपाल बनाउन पसिना बगाउनु पर्नेमा उनले जोड दिए ।

अर्का प्रदेश सभा सदस्य राजीव पहारीले गुटबन्दीलाई अपराधको संज्ञा दिए । उनले सरकारको राम्रा कामको प्रचार गर्न आग्रह गर्दै ठूलो बलिदानबाट आएको संघीय गणतन्त्रलाई संस्थागत गर्न र समृद्ध पार्न आग्रह गरे ।

पोखरा २२ का वडाध्यक्ष मित्रलाल बरालले जनताले दिएको मतको सम्मान गर्ने गरी आफूहरुले काम गरिरहेको बताए । नेकपा पोखरा २२ अध्यक्ष चण्डिका बरालले पार्टीको समाजवादको सिद्धातलाई साकार पार्ने गरी सबैसँग सहकार्य गर्ने प्रतिवद्धता गरे ।

कार्यक्रममा नेकपा प्रदेश सदस्य केशवराज पौडेल, नेकपा जिल्ला कमिटी सदस्य त्रिभुवन पौडेल, लीलाधर पौडेल, झलकप्रसाद बराल, राजेन्द्र बराल, भेषराज पौडेल, त्रिलोचन बराल, भवानीप्रसाद बास्तोला लगायतले बोलेका थिए ।