नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध बारबेडोस ट्राइडेन्ट क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा आज जमैका तलवाहसँग खेल्दैछ ।
तेस्रो खेलमा दोस्रो जितको खोजीमा रहेको बारबेडोस जमैका तलवाहविरुद्ध खेल्न लागेको हो । नेपाली समयअनुसार खेल बेलुका १०ः४५ बजे सविना पार्कमा सुरु हुनेछ ।
यसअघिको सेन्ट किट्सविरुद्धको खेलमा बारबेडोसलाई विजय बनाउन उत्कृष्ट बलिङसहित म्यान अफ द म्याच भएका सन्दीपले ३ विकेट लिएका छन् ।
पहिलो खेलमा उनले १ ओभरमा मात्र बलिङ गरेका थिए । सेन्ट किट्समाथि १८ रनको जित निकाल्न उत्कृष्ट प्रदर्शन गरेकाले सन्दीप आज टोलीमा पर्ने निश्चित छ ।
बारबेडोस २ खेलमध्ये एक खेलमा विजय भएको छ । एकमा पराजित छ । २ अंक जोडेको बारबेडोस चौथो स्थानमा छ ।




