सुनको मूल्य निरन्तर ओरालो

पछिल्लो १ सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आइतबार पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ४ सयले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार २ सय कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ६ सयमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ६९ हजार ९ सय कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ७० हजार ३ सयमा कारोवार भएको थियो ।

पछिल्लो सातादेखि सुनको मूल्य लगातार घट्दै गएको छ । सुन भदौ २६ र २७ गते प्रतितोला रु २ सय÷२ सयले घटेको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको देखिएको छ ।

नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेर प्रतितोला रु ८ सय ४० पुगेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला रु ८ सय ७० मा खरीद–बिक्री भएको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर ओरालो लाग्दै आएको छ । आइतबार विश्वबजारमा सुनको मूल्य प्रतिऔँस १ हजार ४ सय ९०.५५ अमेरिकी डलरमा झरेको छ । यसअघि सुनको मूल्य प्रतिआँैस १ हजार ५ सय ४० अमेरिकी डलरसम्म पुगेको थियो ।