ताजा समाचार

भाद्र २८ गते २०७६

मुक्तक मञ्च पोखरामा नयाँ समिति

मुक्तक मञ्च पोखराको १२ औं साधारणसभा तथा सातौं अधिवेशनले नयाँ समिति चुनेको छ । समितिको अध्यक्ष, उपाध्यक्ष र सहसचिव र ४ सदस्य सर्वसम्मत भए । अध्यक्षमा रामजीप्रसाद आचार्य, उपाध्यक्ष भरतराज पौडेल र सहसचिव हीरा अधिकारी छन् । सदस्यमा संगीत लामिछाने, भेषराज पौडेल, रमा खतिवडा र अशोक भुर्तेल निर्वाचित भए ।

सचिवका उम्मेदवार अनीता दाहाल र श्रीराम अधिकारी गोर्जे दुवैले समान ३३ मत पाएका छन् । २ वर्षे कार्यकाल रहेकोमा पहिलो १ वर्ष अनिता र अर्काे १ वर्ष श्रीरामले सचिवको जिम्मेवारी पाएका छन् । कोषाध्यक्षमा केआर ढकाल ३५ मत ल्याएर निर्वाचित भए । उनका प्रतिश्पर्धी भरत पौडेल अञ्जानले ३१ मत ल्याएका थिए ।


Loading...