वातावरणका बारे चेतना फैलाउने उद्देश्यले संसारमा अनेकौं किसिमका अनौठा काम हुने गरेका छन् । यस्तै काममध्ये अष्ट्रियाको एक फुटबल मैदानमा रुखहरु रोपिएको छ।
करिब ४९ बर्ष पुरानो फुटबल मैदानमा करिब ३ सयवटा रुख रोपिएका छन् । उक्त मैदानमा अब फुटबल खेल हुँदैन । मान्छेहरु जंगल हेर्नका लागि आउने छन् । रुख हेर्नका लागि पैसा तिर्नु पर्नेछ ।
एकैपटकमा ३० हजारले उक्त जंगलको अवलोकन गर्न सक्छन्। रुखको महत्व बारे बुझाउन पैसा लिएको र फुटबल मैदानमा जंगल रोपिएको बताईएको छ । फुटबल मैदानमा जंगल रोपिएको कुराले विश्वको ध्यान तानेको छ।
यसरी रुखको महत्व बारे जनचेतना फैलाउनु प्रमुख उद्देश्य रहेको बताईएको छ। करिब ३ सय रुखले बर्षभरिमा करिब ३५ हजार ३ सय ८० किलो अक्सिजन उपलब्ध गराउने छ।




