‘भद्रगोल’को पुरानो समूहले ‘सक्किगोनि’ ल्याउँदै

 हास्य टेलिचलचित्र ‘भद्रगोल’को पुरानो समूहले नयाँ टेलिश्रृंखला ल्याउने भएको छ । ‘भद्रगोल’ नाम अरुले नै लिएपछि ‘भद्रगोल’को पुरानो समूहले नयाँ हास्य टेलिचलचित्र ‘सक्किगोनि’ ल्याउन लागेको हो ।

ज्योती काफ्ले र अशोक धितालको लेखन तथा निर्देशनमा मिडिया हबले नै ‘भद्रगोल’ ल्याएपछि पुरानो समूहले नयाँ टेलिचलचित्र ‘सक्किगोनि’ ल्याउन लागेको हो । 

अहिले नयाँ हाँस्य टेलिचलचित्रको छायांकनमा रहेको ‘सक्किगोनि’ युनिटले असोज २ गतेबाट हरेक बिहीबरबाट प्रशारण हुने जनाएको छ ।