नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० वडा नम्बर १७ को सपथ ग्रहण बिहीबार भएको छ । नेकपा पोखरा १७ मा सुवास ढुङ्गानाको अध्यक्षतामा वडा कमिटी निर्माण भएको छ ।
नेकपा कस्की जिल्ला कमिटी अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य कृष्णबहादुर थापाले साबिक एमाले र माओवादी केन्द्र एकीकरण पछि बनेको एकीकृत कमिटीलाई सपथ ग्रहण गराएका हुन् । थापाले अबका दिनमा वडामा रहेका सहिद परिवार, वेपत्ता परिवार र सुकुम्बासी वस्तीलाई पहिलो प्राथमिकता दिई काम गर्न निर्देशन दिए ।
वडा पार्टी कमिटीलाई ऋणमुक्त पार्टी ,गुटमुक्त पार्टी र प्रविधि युक्त पार्टी कार्यालय बनाउन उनले अनुरोध गरे । नेकपाले लोकतन्त्र मास्ने काम गरेको भन्ने अरोपलाई चिर्दै लोकतन्त्र जोगाउन नेकपाको ठुलो भुमिका रहेको र काङ्ग्रेसले गरेका घातक कामले गर्दा देश पछाडी परेको बुझाउन कार्यकर्तालाई आग्रह गरे ।

केन्द्रिय सदस्य तुलबहादुर गुरुङले अब उपनिर्वाचनमा मनदेखि लाग्न अनुरोध गरे । पार्टीले निर्णय गरेको व्यक्तिलाई जिताउन भूमिका खेल्न उनको आग्रह छ ।
नेकपा वडा कमिटी अध्यक्ष सुवास ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रम सचिव ईश्वरी लम्सालले सञ्चालन गरेका थिए ।






