नायिका सन्नी लियोनीलाई नेपाललाई विश्वकै सुन्दर देश भनेकी छिन् । चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन नेपाल आएकी सन्नीले नेपाल आउन पाउँदा आफू सधै नै उत्साहित हुने बताइन् ।
काठमाण्डौको कुमारी हलमा आयोजना भएको चलचित्रको प्रिमियरमा सहभागी हुन पुगेकी सन्नीले नेपाली चलचित्रमा आइटम नृत्य गर्न पाउँदा पनि खुशी व्यक्त गरिन् ।
सन्नीले भनिन्–‘विश्वकै सबैभन्दा सुन्दर देशमा उपस्थित हुन पाउँदा आनन्दित महशुश भएको छ । यस्तै, मलाई यो निकै नै उत्साहजनक समयमा सहभागी हुन पाउँदा खुशी लागेको छ ।’




