फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा चाइनिज ताइपेइविरुद्ध कीर्तिमानी जित निकालेको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ ।
ताइपेइको घरेलु मैदानमा २–० को जित निकाल्दै विजय सुरुआत गरेको राष्ट्रिय टोली गएराति स्वदेश फर्किएको हो ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले स्वागत गरेका हुन् ।
मंगलबार भएको खेलमा नेपालले ताइपेलाई २–० ले हराउँदा अन्जन बिष्टले गोल गरेका थिए । जितसँगै समुह बि मा ३ अंक जोडेको नेपालले अब अक्टोबर १० मा अष्ट्रेलिया र १५ मा जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ ।
समूहको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० को फराकिलो गोलअन्तरले पराजित भएको थियो ।




