क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
बारबेडोस ट्राइडेन्टबा खेलिरहेका उनले आजको खेलमा चार ओभर बलिङ गर्दै तीन विकेट लिएर मात्र २२ रन खर्चिए । इनिङ्सको पाँचौ ओभर बलिङ गर्न आएका सन्दीपले उक्त ओभरमा ७ रन दिएर दुई डट् बल फाले ।
त्यसपघि सन्दीपले गरेको दोस्रो ओभरमा चार डट् बल फाल्दै ७ रन दिए । त्यसपछिको तेस्रो ओभरमा भने सन्दीपले दुई विकेट लिए ।
ओभरको पहिलो बलमा विकेट लिएका सन्दीपले अन्तिम बलमा पनि विकेट लिए । आफ्नो चौथो ओभरमा भने सन्दीपले एक विकेट लिँदै पाँच रन खर्चिएका थिए ।
सन्दीपको सीपीएल करियरमा यो हालसम्मकै उत्कृष्ट बलिङ हो । सन्दीपको उत्कृष्ट बलिङको सहयोगमा बारबेडोस ट्राइडेन्ट एसटी किटविरुद्ध १८ रनले विजयी भएको छ ।




