रवि लामिछानेविरुद्ध उच्च अदालतमा दायर मद्दाको सुनाइ सर्यो

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकारणमा टिलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनको हेटौँडाइ जलासमा परेको निवेदनमाथि विहिबार मात्र सुनाई हुने भएको छ ।

सोमबार सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा  निवेदन दर्ता गराएको थियो ।

निवेदनको प्रारम्भिक सुनाई आजका लागि तोकिए पनि  सुनाई हुने सकेन । सरकारी वकिलको कार्यालयले हेटौँडा इजलासमा दर्ता गराएको निवेदन र जिल्ला अदालतमा दायर गरिएको अभियोग पत्रलाईसँगै राखेर विहिबार सुनाई गरिने भएको छ ।

यसअघि सरकारी वकिलको कार्यालयले अभियुक्त तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवान माग दावी गर्दै जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो । 

चितवन जिल्ला अदालतले अस्मिता भन्ने रुकु कार्कीलाई साधारण तारेखमा, लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।