ताजा समाचार

भाद्र २५ गते २०७६

यादव किराना स्टोर्सका सञ्चालक दीपक भागेपछि…..

पोखराको सिमलचौरस्थित यादव किराना स्टोर्सका सञ्चालक दीपक यादव करोड बढी रकम कुम्ल्याएर फरार भएपछि अन्य व्यापारीहरू सशंकित र तनावमा छन् ।

यसको सोझो असर अन्य साना व्यापारीमा परेको छ । १ साता बितिसक्यो यादवको पसल अझै बन्द अवस्थामा छ । उनले धेरै सहकारी र व्यापारीलाई रकम नतिरि परिवारसहित फरार छन् ।

उनी फरार भएसंगै पोखराका ठूला तथा अधिकृत व्यापारीले केही साना तथा होलसेल व्यापारीलाई सामान दिन डराएका छन् ।

एक अधिकृत व्यापारी भन्छन्, ‘समान दिएर के गर्नु ग्वाम्म खाइदिएर हिंड्छन्, कस्को के विश्वास भोर ?’ उनले भने, ‘मेरो डेढ लाख रकम लिनु थियो । यति रकम कमाउन मलाई निकै समय लाग्छ । अब म कसैलाई समान दिन्न ।’

१ वर्ष अघिसम्म पोखरा बजारमा १ सातादेखि १ महिनासम्मको उधारो कारोबार चल्थ्यो । करिब १ वर्षदेखि चेक कारोबारमा व्यापार चलेको थियो ।

यादव फरार भएसंगै पोखराका होलसेल व्यापारीलाई अधिकृत व्यापारीले चेकमा समान दिन पनि डराउन थालेका छन् ।

सोझो मार पोखराका होलसेल व्यापारीमा परेको छ । गत महिनादेखि कर र भ्याटको चपेटामा परेका होलसेल व्यापारीलाई व्यारा निल्नु न ओलक्नु भएको छ ।

बजारमा अस्वस्थ प्रतिस्पर्धाले आक्रान्त बनेका होलसेल व्यापारीलाई करको तनावले पिरोलिरहेको अवस्थामा यादव फरार भएसंगैको परिस्थितिले झनै समस्यामा पारेको छ ।

(माथिको तस्वीर पोखराबाट फरार भएका यादव किराना स्टोर्सका सञ्चालक दीपक यादव दम्पत्तिको हो ।)


Loading...