ताजा समाचार

भाद्र २४ गते २०७६

अपांग समन्वय समिति पोखरा ५ मा विष्णु

पोखरा महानगरपालिका वडा नं. ५ मा वडास्तरीय अपांग समन्वय समिति गठन भएको छ । मंगलबार भएको भेलाले विष्णुकुमारी भट्टराइको अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय समिति चुनेको हो ।
समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश विष्णुकुमारी पौडेल, भोलाप्रसाद कोइराला र विमला सुवेदी छन् ।

सदस्यमा ठाकुरप्रसाद कोइराला, विमला आचार्य, मनिलाल गुरुङ र विष्णुकुमारी आचार्य छन् । १ सदस्य पछि मनोनयन गरिने बताइएको छ । समितिको संरक्षकमा वडाध्यक्ष धनबहादुर नेपाली र सल्लाहकारमा वडा सदस्य अञ्जु केसी, कपिल अधिकारी, कामदेव अर्याल, यौमाया गुरुङ र ललिता ढुंगाना छन् ।

भेलामा वडाध्यक्ष धनबहादुर नेपालीले सबल मान्छे कुन बेला अपांग हुन सक्छ भन्ने थाहा नहुने भएकाले अपांगता भएकालाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले दुर्घटना, रोग आदिका कारण पनि मानिस अपांग हुने भएकाले रोग र दुर्घटना कम गरे अपांगता पनि घट्ने उल्लेख गरे ।
वडा सदस्य अञ्जु क्षेत्रीले अपांगता कुनै पाप, अपराध हो भन्ने पुरानो सोच परिवर्तन गरी सबलहरुले उनीहरुलाई पनि आफूसँग हिडाउनुपर्नेमा जोड दिइन् । शारीरिक रुपमा अपांग भएका केही प्रतिभाले विश्वमै उदाहरणीय काम गरेको उल्लेख गर्दै उनीहरुलाई अवसर दिन र सघाउन आग्रह गरिन् ।

कार्यक्रममा पोखरा ५ का वडा सदस्य उज्ज्वल खत्री, सिबिआरएसका योगमाया गुरुङ, गोबिन्द नेपाली, सिडब्लुएसनकी सविता ढुंगानाले पनि बोलेका थिए ।

बाल हितकारी परियोजना(सिडब्लुएसएन) र समुदायमा आधारित पुनस्र्थापना केन्द्र (सिबिआरएस)ले भेला आयोजना गरेका हुन् । भेलामा सहभागीलाई अपांगताबारे अभिमुखीकरण पनि दिइएको थियो ।


Loading...