सन् २०२२ मा हुने विश्वकप छनोटअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताईपेईविरुद्ध पहिलो हाफमा १-० गोलको अग्रता बनाएको छ ।
ताईपेई स्टेडियममा भइरहेको खेलमा नेपालका लागि अन्जन विष्टले खेलको तेस्रो मिनेटमा गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन् ।
त्यस्तै अन्जनले खेलको ६३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रतालाई दोब्बर पारे ।
पहिलो खेलमा कुवेतसँग पराजित भएको नेपालले आजको खेलमा जित निकाल्दै विश्वकप छनोटमा अफुलाई बलियो बनाउने लक्ष्य लिएको छ ।




