एसीसी यू–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा यूएईविरुद्ध नेपालालाई पाँचौ सफलता मिलेको छ ।
नेपालका लागि पवन सराफले पाँचौं विकेट लिएका हुन् । यसअघि नेपालका लागि सागर ढकालले तीन विकेट तथा कमल सिंह ऐरीले एक विकेट लिएका थिए ।
नेपालले दिएको २८६ रनको विशाल लक्ष्य पछ्याइरहेको यूएईले २५ ओभर सकिँदा पाँच विकेट गुमाउँदै १०० रन पूरा गरिसकेको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो ।




