नेपालको मध्यम प्रदर्शन

एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ । २० ओभरको खेल सकिँदा नेपालले तेस्रो विकेट गुमाएको छ । यो नेपालको मध्यम प्रदर्शन हो ।

नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका आसिफ शेख ४६ रनमै आउट भएका छन् । उनी अर्धशतक बनाउनबाट मात्र चार रनले चुकेका हुन् । आसिफले ५३ बलमा ८ चौका प्रहार गर्दै ४६ रन बनाएका हुन् ।

नेपालले २१ ओभरको समाप्तिमा तीन विकेट गुमाएर १०० रन पूरा गरिसकेको छ । यसअघि नेपालका रित गौतम र पवन सर्राफ रन नबनाएरै आउट भएका थिए । 

नेपालको आजको खेल अन्तिम हो । नेपाल यसअघिका दुवै खेलमा पराजित भएको थियो ।