ताजा समाचार

भाद्र २४ गते २०७६

नेपालको अन्तिम खेल : यूएईविरुद्ध ब्याटिङ गर्दै

एसीसी यू–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले युएइविरुद्ध पहिले ब्याटिङ गर्दैछ । श्रीलंकामा जारी यू–१९ एसिया कप क्रिकेट यूएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । श्रीलंकाको राजधानी कोलम्बोस्थित पी सारा ओभलमा यूएईले केहिबेरमा नेपालविरुद्ध बलिङ थाल्नेछ । 

यसअघिका दुबै खेलमा पराजित नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगिताबाट सुखद बिदाईको अपेक्षामा हुनेछ ।

यूएई तुलनात्मक रुपमा नेपाल भन्दा कमजोर टोली हो । यूएई पनि प्रतियोगितामा जित विहीन टोली हो । यूएई पनि आजको खेलमा जित निकाल्दै प्रतियोगिताबाट सुखद बिदाईको आशामा रहनेछ ।


Loading...