ताजा समाचार

भाद्र २३ गते २०७६

पोखरेली ट्याक्सी सेवा प्रालिमा प्रकाशमणि

पोखरेली ट्याक्सी सेवा प्रालिको अध्यक्षमा प्रकाशमणि तिवारी निर्वाचित भएका छन् । ट्याक्सी व्यवसाय समिति पोखराको ३९ औं वार्षिक साधारणसभा तथा रुपान्तरित पोखरेली ट्याक्सी सेवा प्रालिको सोमबार आयोजित प्रथम वार्षिक साधारणसभा तथा अधिवेशनले तिवारीको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति चयन गरेको हो ।

यसअघि समितिको अध्यक्ष रहेका तिवारीलाई व्यवसायीले रुपान्तरिक कम्पनीको पनि अध्यक्षमा चुनेका हुन् । प्रालिका सञ्चालकमा शोभाकान्त पौडेल, रामजी घिमिरे, युवराज भट्टराई, पूर्णबहादुर गुरुङ, सूर्यबहादुर थापा, कृष्णबहादुर थापा, मधुसुधन पौडेल, युवराज गुरुङ, नारायणप्रसाद शर्मा, सुरथ पौडेल छन् । समितिको कार्यकाल ४ वर्षको रहनेछ ।

साधारणसभामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासंघका वरिष्ठ उपाध्यक्ष विजयकुमार स्वाँर, हरिशरण केसी, उपाध्यक्ष ऐनकुमार साई, महासचिव सरोज सिटौली, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख दानबहादुर कार्की, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि अध्यक्ष योगेन्द्रबहादुर केसी, नेपाली कांग्रेस कास्की कोषाध्यक्ष लक्ष्मी पाण्डे, नेकपा कास्की कार्यालय सचिव दामोदर बैरागी लगायतले बोलेका थिए ।


Loading...