ताजा समाचार

भाद्र २३ गते २०७६

सहकर्मी कुट्ने वडाध्यक्ष पक्राउ

छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको छ ।

उनले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए । मादक पदार्थ सेवन गरी लुइँटेलले आफूलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पक्राउ पर्ने लुइँटेल नेपाली कांग्रेसबाट निर्वाचित हुन् भनेकुटपिट भएको आरोप लगाउने थापा भने तत्कालिन माओवादीबाट निर्वाचित हुन् ।


Loading...