ताजा समाचार

भाद्र २२ गते २०७६

रेखबहादुर पुरस्कार उजीरलाई

यस वर्षको ‘मगर आदिकवि सु. रेखबहादुर सारुमगर स्मृति साहित्य पुरस्कार’ नवलपुरका साहित्यकार उजीर रानामगरलाई प्रदान गरिने भएको छ । नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश समितिले ७ हजार रुपैयाँ, सम्मानपत्र र भांग्राले पुरस्कृत गरिने संघका अध्यक्ष धिरेन्द्र थापामगर ‘किसानी’ले बताए ।

संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर संयोजकत्वको प्रतिभा छनोट समितिले साहित्यकार रानामगरलाई पुरस्कार दिन सिफारिस गरेको थियो । साहित्यकार रानामगरलाई मगर भाषाका आदिकवि रेखबहादुरको ७६ औं जन्मजयन्तीका अवसरमा सम्मान गरिने भएको हो ।

यसअघि, फूलकुमारी थापामगर, लोकबहादुर थापामगर र रुद्रबहादुर हितानमगर यो पुरस्कारबाट सम्मानित भइसकेका छन् ।


Loading...