एसीसी यू–१९ एसिया कप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालका पवन सराफले अर्धशतक पूरा गरेका छन् ।
नेपालका लागि ओपनरमा आएका उनले अर्धशतक पूरा गरेका हुन् ।
श्रीलंकाको राजधानी कोलम्बोस्थित पी सारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सुरुवाती चरणमा मध्यम सुरुवात गरेको थियो ।
चौथो नम्बरमा ब्याटिङ गर्न आएका कुशल मल्लले भने नेपाललाई केही माथि उकासेका थिए । कुशलले ३२ बलमा २८ रन बनाउँदै आउट भए ।
श्रीलंकाविरुद्धको पहिलो खेलमा हार व्यहोरेको नेपाललाई सेमिफाइनलको सम्भावना जिवित राख्न जित्नैपर्ने दबाब छ ।




