ताजा समाचार

भाद्र २२ गते २०७६

दशैंको टीका कतिबेला लगाउने ?, कता फर्किने ?

सप्तधान्य (जमरा) क्रमशः बढ्दै जति राम्रा हुन्छन् त्यति भगवती प्रशन्न हुनुहुन्छ भन्ने धार्मिक मान्यता छ ।

सप्तधान्य अंकुर दुर्गादेवीको प्रिय भएकाले सप्तधान्य रोपण गरी दूर्गा देवीलाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेटमा जुरेको छ । साइतअनुसार विजया दशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो । दसैंको टीका यो वर्ष असोज २१ गते मंगलबार परेको छ ।

सूर्योदयदेखि सूर्यास्तसम्मको समयावधिमा उत्तम बारबेलालाई सूर्योदय र सूर्यास्तलाई आधार मानेर टीकाको शुभसाइत निर्धारण गरिएको हुन्छ ।

दशैंको टीका लगाउँदा कता फर्किने ?
त्यसो त देवी दूर्गाको प्रसाद भएकाले टीका लगाउन दिनभरि नै शुभ मानिएको छ तर उत्तम साइत हेर्नेहरुका लागि भने बिहान १० बजेर ३५ मिनेटमा निर्धारण गरिएको हो ।

स्थानअनुसार टीका लगाइदिने व्यक्ति दक्षिणतर्फ फर्किने र टीका थाप्ने व्यक्ति पूर्वतर्फ फर्किने गर्नुपर्दछ । अथवा टीका थाप्ने व्यक्ति दाहिने चन्द्रमा पारी टीका थाप्न बस्नुपर्दछ ।

आमा–बुवा, गुरु तथा मान्यजनहरुबाट देवीको प्रसादस्वरुप रातो टीका र जमरा ग्रहण गर्ने तथा आशिर्वाद ग्रहण गर्ने चलन छ ।