एसीसी यू–१९ एसिया कप क्रिकेटमा आइतबार (आज) को खेलमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
श्रीलंकामा जारी यू–१९ एसिया कप क्रिकेट बंगलादेशले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
श्रीलंकाको राजधानी कोलम्बोस्थित पी सारा ओभलमा जारी खेलमा नेपाललाई सेमिफाइनलको सम्भावना जिवित राख्न जित्नैपर्ने दबाब छ ।
आजको खेलमा हारेको अवस्थामा नेपाल प्रतियोगिताबाटै बाहिरिने छ । यसअघि पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो ।




