ताजा समाचार

भाद्र २० गते २०७६

पोखरामा पनि दूधको मूल्य वृद्धि, अब कति पर्छ ?

पोखरा दुग्ध प्रशोधन व्यवसायी संघको बैठकले शुक्रबार विभिन्न निर्णय गरेको छ ।

संघले दिएको जानकारी अनुसार बैठकले दूधको बजार मूल्य वृद्धि गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारले भदौ १९ गते गरेको निर्णय अनुसार दूधको बजार मूल्य कायम गरिएको जनाएको छ ।

जसअनुसार होल दूध प्रतिलिटर रु १ सय, स्टाण्र्डड दूधको मूल्य प्रतिलिटर ७६ र दही प्रतिलिटर रु १ सय ३० कायम गरिएको छ । नयाँ मूल्य शनिवारदेखि लागु हुने संघले बताएको छ ।

यसैगरी वुथ कमिशन साविक प्रतिलिटरमा ३० पैसा थप गर्ने निर्णय गरिएको छ । कृषकबाट दूध खरिद गर्दा उनीलाई पनि थप रकम वृद्धि गर्ने बताइएको छ ।

कृषकलाई प्रतिलिटर ४ रुपैयाँ १६ पैसा थप गर्ने निर्णय भएको संघले जानकारी दिएको छ ।

बैठकमा संघका संयोजक पुण्यप्रसाद पौडेल, सदस्यहरु शुरेश कुमार ध्वजू, निरज श्रेष्ठ,, लिला आचाार्य, रामचन्द्र बराल, सुरेशराज ढकाल, भोजराज घिमिरे र सविन सिलवाल सहभागी थिए ।