ताजा समाचार

भाद्र २० गते २०७६

फेसबुकले सुरू गर्‍यो ‘डेटिङ सेवा’

सामाजिक सञ्‍जाल फेसबुकले ‘डेटिङ सेवा’ सुरु गरेको छ । फेसबुकले अमेरिकासहित २० मुलुकमा सामाजिक सञ्‍जालको बृहत डेटिङ सेवा सुरू गरेको हो । १८ वर्ष र त्यसभन्दा माथिका प्रयोगकर्ताहरुले यो सेवा प्रयोग गर्न पाउनेछन् । 

इन्स्टाग्रामका पोस्टहरुलाई पनि सिधा रुपमा फेसबुक डेटिङ प्रोफाइलमा जोड्न सकिने अनुमति दिएको छ । यससँगै इन्स्टाग्रामका फलोअर्सहरुलाई ‘सेक्रेट क्रस लिस्ट’ मा समेत जोड्न सकिने फेसबुकले जनाएको छ । 

फेसबुक डेटिङ प्रोफाइल मुख्य फेसबुक एकाउन्टभन्दा अलगै चलाउन सकिनेछ । डेटिङ प्रोफाइलमा सेयर गरिएका पोस्टहरु मुख्य फेसबुक प्रोफाइलमा देखिने छैनन् । प्रयोगकर्ताहरुको रुची, चाहना र आवश्यकताका आधारमा डेटिङ प्रोफाइलमा जोडिन सक्नेछन् ।

प्रयोगकर्ताहरुले सिधा रुपमा अथवा फेसबुकको मुख्य प्रोफाइलमा देखिने लिंकका आधारमा डेटिङ सेवामा प्रतिक्रिया अथवा कुराकानी गर्ने मिल्नेछ । 

फेसबुकले यस वर्षको अन्त्यसम्ममा फेसबुक र इन्स्टाग्राममा स्टोरीहरुलाई पनि डेटिङ प्रोफाइलमा हेर्न मिल्ने बनाउने जनाएको छ । फेसबुकका सञ्‍चालक मार्क जुकरबर्गले फेसबुकमार्फत समान चाहना र माया गर्नेहरु कसरी आपसमा जोडिन्छन् भन्‍ने कुरा हेर्न आफू निकै उत्साहित भएको बताएका छन् ।

उनले थप भनेका छन्, “हामी प्रयोगकर्तालाई सुरक्षित र प्रयोगकर्ताको नियन्त्रणमा राख्न सुरूआतदेखि नै यसको गोपनियता र सुरक्षाका विषयमा विज्ञहरुसँग बसेर काम गरेका छौं ।” डीएनएइन्डिया

Mark Zuckerberg23 hours ago

One of my favorite things about building Facebook is I can walk through almost any city in the world and people will stop and tell me stories about how they met their husband or wife through Facebook. It’s a great feeling. And until recently, Facebook didn’t even have any features to help with dating.

Starting today, we’re launching Facebook Dating in the US. I’m excited to see how it’ll help people come together and find love around interests, groups and events in common. We’ve worked with privacy and security experts from the beginning to make it safe and give you control over your experience. Facebook Dating is now live in 20 countries and I’m looking forward to launching more soon.

20

Loading...