वर्षाले प्रभावित खेल सुरु, ४२ ओभरमा घटाइयो

 यू–१९ एसिया कप क्रिकेटमा नेपाल र घरेलु टोली श्रीलंकाबीचको खेल ४२ ओभरमा खेलाइने भएको छ ।

खेल सुरु भएको केही समयमा वर्षा भएपछि प्रभावित खेल ४२ ओभरमा खेलाइने भएको हो । 

समूह बी अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकाविरुद्ध ब्याटिङ गर्दैछ । वर्षाअघि नेपालले ९ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा ४३ रन बनाएको थियो ।

नेपालका लागि ओपनर पवन सराफ ४ रनमा आउट हुँदा आसिफ शेख ७ रनमा पवेलियन फर्किएपछि नेपालको इनिङस रित गौतम र कप्तान रोहित पोडेलले सम्हालिरहेका छन् ।

रित २४ र रोहित ७ रनमा क्रिजमा छन् ।