यू–१९ एसिया कप क्रिकेटमा घरेलु टोली श्रींलकाविरुद्ध ब्याटिङ रोजेको नेपालका लागि रित गौतम र पवन सराफ ओपनिङ गर्दैछन् ।
समूह ‘बी’ को पहिलो खेलमा श्रीलंकाविरुद्व टस जितेर ब्याटिङ रोजेको नेपालका लागि प्रशिक्षक विनोद दासले रित र पवनलाई ओपनिङमा पठाएका हुन् ।
आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ४ ओभरको समाप्तिमा नेपालले बिना विकेटको क्षतिमा १५ रन बनाएको छ ।
रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपालले घरेलु टोलीविरुद्व सुखद् सुरुवात गर्ने लक्ष्य लिएको छ ।




