टस जितेर ब्याटिङ गर्दै नेपाल

एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकाविरुद्व ब्याटिङ गर्दैछ ।

आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । 

रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपालले घरेलु टोलीविरुद्व सुखद् सुरुवात गर्ने लक्ष्य लिएको छ ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहितसँगै भिम सार्की, कुशल मल्ल, सागर ढकाल, आरिफ शेख, कमलसिंह ऐरी, रीत गौतम, पवन सराफ, रसिद खान, सूर्य तामाङ, हरिबहादुर चौहान छन् ।