ताजा समाचार

भाद्र २० गते २०७६

तरकारीको मूल्य घट्दो क्रममा, चाडपर्वमा पनि नबढ्ने

लामो समयसम्म बढिरहेको तरकारीको मूल्य अहिले भने घट्न थालेको छ । कहिले विषादी परीक्षण त कहिले बाढी पहिरोका कारण तरकारीको भाउ अकासिएको थियो ।

पोखराको कृषि उपज बजारले दिएको जानकारी अनुसार पछिल्लो समय भने तरकारीको मूल्य घट्दो क्रममा छ । अघिल्लो दिन (बुधबार) को तुलनामा बिहीबार पनि तरकारीको थोक मूल्य घटेको छ । 

पोखराको कृषि उपज बजार सञ्चालक समितिका पूर्व अध्यक्ष रामकष्ण दुवाडीले प्राकृतिक प्रकोपका कारण केही समय तयारी आयात नै कम भएर मूल्य बढेको बताए । केही दिनयता भने मागअनुरुप नै तरकारी आयात भएकाले क्रमशः तरकारीको मूल्य घट्ने क्रममा रहेको उनको भनाइ छ । 

आउनै लागेका चाडपर्वमा पनि तरकारीको मूल्य नघट्ने दुवाडीको दाबी छ । चाडपर्वमा तरकारीभन्दा बढी माछामासुको खपत बढी हुन्छ । त्यसकारण तरकारी आयात कम नै भए पनि चाडपर्वमा मूल्य बढ्दैन ।

अहिले अकासिएका अधिकांश तरकारीको मूल्य सोह्रश्राद्ध सुरु भएपछि घट्छ, उनले भने । पोखरामा विभिन्न जिल्लाबाट दैनिक करिब ३ सय टन तरकारी आयात हुने गरेको छ ।
 


Loading...