ताजा समाचार

भाद्र १९ गते २०७६

‘साहो’ का निर्देशकले लेखे यस्तो भावुक पोष्ट

हालै रिलिज भएको ‘साहो’ का निर्देशक सुजितले इन्स्टाग्राममा एउटा भावुक पोष्ट सेयर गरेर दर्शकलाई दोस्रोपटक फिल्म हेर्न अपिल गरेका छन् ।

उनले पोष्टमा आफ्नो फिल्म निर्माण यात्रा सेयर गर्दै दर्शकले किन दोस्रोपटक फिल्म हेर्नुपर्छ भनेर पनि जानकारी दिएका छन् ।

सुजितले लेखेका छन्, ‘जब म १७ वर्षको थिएँ तब पहिलो शर्ट फिल्म बनाएको थिएँ । न पैसा थियो, न टिम तर अरकुट र परिवारको अत्यधिक समर्थन थियो । उक्त शर्ट फिल्मको ९० प्रतिशत भाग मैले नै छायांकन, निर्देशन र एडिट गरेको थिएँ ।’

‘मैले गल्तीले सिकेको छु’

सजितले थप लेखेका छन्, ‘मैले आफ्नो गल्तीले सिकेको छु । आलोचना मेरो यात्रामा सधैं एक्स्ट्रा बुस्टको रुपमा रह्यो । निकै लामो यात्रा निश्चित गरेँ र  विभिन्न बाधाको सामना गर्नुपर्यो । तर कहिले पनि हार मानिनँ । आज थुप्रैले ‘साहो’ हेर्नुभएको छ । कतिले धेरै अपेक्षा गर्नुभएको थियो तर कतिलाई यो मनपर्‍यो । फिल्म हेरेकोमा सबैलाई धन्यवाद । यदि केही छुटेको महसुस भएको छ भने यो पुनः हेर्नुहोला । मलाई विश्वास छ तपाईंलाई थप मज्जा आउनेछ ।’

खराब रिभ्यु तर राम्रो कमाईः

शुक्रबार (३० अगस्ट) मा रिलिज भएको प्रभास र श्रद्धा कपुर स्टारर फिल्मले नै खराब रिभ्यु पाएको थियो । तर पनि यसले बक्स अफिसमा राम्रो कमाई गर्न सफल भएको छ । सुरुवाती पाँच दिनमा संसारभरी यसको कमाई करिब ३५० करोड भारु भइसकेको छ । ट्रेड एनालिस्ट रमेश बालाले आफ्नो ट्वीटमा लेखेका छन्, ‘भारतको सबैभन्दा ठूलो ब्लकबस्टर बन्नेतर्फ । प्रभासको ‘साहो’ ले पाँच दिनमा विश्वव्यापी ३५० करोडको ग्रस कलेक्सन गरेको छ ।’

Ramesh Bala@rameshlaus

🔥

Make way for India’s biggest blockbuster of the year #Prabhas #Saaho collects whopping 350 Cr+ gross in 5 days worldwide!

#SaahoInCinemas

View image on Twitter

1,9859:56 AM – Sep 4, 2019Twitter Ads info and privacy279 people are talking about this

ट्रेड एनालिस्ट तरन आदर्शको ट्वीट अनुसार फिल्मको हिन्दी संस्करणले पाँच दिनमा घरेलु बक्स अफिसमा सय करोड भारुको आँकडा पार गरेको छ । उनका अनुसार फिल्मले शुक्रबार २४.४० करोड भारु, शनिबार २५.२० करोड भारु, आइतबार २९.४८ करोड भारु, सोमबार १४.२० करोड भारु र मंगलबार ९.१० करोड भारु कमाई गरेको छ । भारतमा हिन्दी संस्करणको कुल कमाई १०२.३८ करोड भारु भइसकेको छ ।

taran adarsh@taran_adarsh

#Saaho drops on Day 5… Mass circuits are contributing… Partial holiday on Day 4 helped score in double digits… Eyes ₹ 110 cr+ total in Week 1… Fri 24.40 cr, Sat 25.20 cr, Sun 29.48 cr, Mon 14.20 cr, Tue 9.10 cr. Total: ₹ 102.38 cr Nett BOC. #India biz. #Hindi version.12.7K11:59 AM – Sep 4, 2019Twitter Ads info and privacy1,526 people are talking about this#instagram#prabhas#sahoo


Loading...