नेपाली युवा टिमले यसरी गर्‍यो अन्तिम तयारी (फोटो फिचरसहित)

श्रीलंकामा शुक्रबारदेखि सुरु हुने एसिसी यु-१९ एसिया कपमा नेपालले आफ्नो तयारी अन्तिम गरेको छ। 

नेपाली टिम गत भदौ ७ मा श्रीलंका पुगेको थियो।  त्यसपछि खेलेका ३ मध्ये २ अभ्यास खेलमा पराजित भएको थियो। 

भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा भदौ २० गते घरेलु टिम श्रीलंकाको सामना गर्नेछ।

समूहमा ‘बी’ मा नेपाल, श्रीलंका, बंगलादेश र संयुक्त अरब इमिरेटस (युएई) छन्।

नेपालले आफ्नो दोस्रो खेलमा भदौ २२ गते बगलादेशसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल भदौ २४ गते युएईसँग खेल्नेछ ।

राउण्ड रोबिन लिगपछि दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्।

गत असारमा मलेसियामा सम्पन्न भएको एसिसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एशिया कपमा छनोट भएको थियो।

त्यतिबेला नेपालले फाइनल खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधि हासिल गरेको थियो।

सेमिफाइनलमा पुग्ने लक्ष्य लिएको नेपालले स्वदेशमा भने सोचेजस्तो तयारी गर्न पाएन। सुरुमा एसिसीको अनुमति आउन ढिलाइ भएको थियो। त्यसपछि मैदानका कारणले समस्या भएको थियो।

नेपाली टिम

रोहितकुमार पौडेल (कप्तान), रित गौतम, पवन सर्राफ, मोहमद आसिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम,प्रतिश जिसी

सपोर्ट स्टाफ

राजु खड्का – म्यानेजर

विनोदकुमार दास – मुख्य प्रशिक्षक

अपूर्भा देसाइ – ब्याटिङ कन्सल्ट्यान्ट

विक्रम न्यौपाने – फिजियो

सुवास पात्रो – ट्रेनर

-सेतोपाटी