छाचोकमा तीज मेला सकियो

मादी गाउँपालिका छाचोकको शुभकामना क्लबले हरितालिका तीजको अवसरमा आयोजना गरेको तीज मेला सकिएको छ । मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले उद्घाटन गरेको मेलामा भलिबल प्रतियोगिता, खुला तीजगीत प्रतियोगिता, रस्साकस्सी, छेलो लगायतका खेल भएका छन् ।

आइतबार र सोमबार चलेको मेलामा सिल्दु जनसेवा युवा क्लब (ए) प्रथम र सिल्दु जनसेवा युवा क्लव (बि) द्वितीय र शुभकामना क्लब तृतीय भए । गीजगीत प्रतियोगितामा ठकुरी गाउँ छाचोक प्रथम, सापकोटा समूह द्वितीय, मजुवा समुख तृतीय र स्वस्तिका शाहीको समूह चौथा भए ।

रस्साकस्सीमा नयाँगाउँ सबी समूह, छेलोमा मादी ७, म्युजिकल चेयर्समा पुस्पा रानामगर, घैटो फोर्नेमा सन्तोष देवकोटाले जित हासील गरे । विजेतालाई मादी ७ का वडाध्यक्ष लालबहादुर गुरुङ र क्लबका सल्लाहकार हरिश्चन्द्र सापकोटाले नगद, मेडल र प्रमाणपत्र प्रदान गरे ।

कलाकार अमर धितार र भविकला राईको सांगीतिक प्रस्तुति कार्यक्रममा क्लबका सल्लाहकार सन्तोष शाही र हरिश्चन्द्र सापकोटाले बोलेका थिए । क्लबका अध्यक्ष दीपक शाहीको अध्यक्षतामा कार्यक्रम भएको हो ।