बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएलगत्तै पत्रकार ओम हमाललाई प्रहरीले सर्वोच्च अदालत परिसरबाटै मंगलबार अपरान्ह पक्राउ गरेको छ। हमाललाई सर्वोच्चको गेट बाहिरबाट प्रहरीले पुन पक्राउ गरेको हो।
हमाललाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिहा गर्न आदेश दिएको थियो। यसअघि गत भदौ ६ गते कास्कीको लेखनाथबाट पक्राउ परेका पत्रकार हमाललाई सर्वोच्चको आदेशमा उपस्थित गराइएको थियो।






