पर्सामा बुवाआमाको गालीका कारण छोराले आत्महत्या गरेका छन् । वीरगञ्ज महानगरपालिका -२० अपौनीका १४ वर्षीय गोविन्दप्रसाद चौरसियाले झुण्डिएर आत्महत्या गरेका हुन्। सोमबार उनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।
झुण्डिएको अवस्थामा भेटिएपछि उनका बुवा नविलाल प्रसादले पासो फुस्काइ उपचारका लागि लगेका थिए। प्रहरीका अनुुसार उपचारका लागि नारायणी अस्पताल पुर्याए पनि अस्पतालले गोविन्दलाई मृत घोषणा गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गोविन्दले बुवाआमाले गाली गरेको भन्दै झुण्डिएर आत्महत्या गरेको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ।






