प्रदेश सांसद बराल र वडाध्यक्ष पौडेल सम्मानित

पोखरा-१९, काउरेस्थित युवा जागृति क्लबले गण्डकी प्रदेशसभा सदस्य रामजी प्रसाद बराल र सोही वडाका वडाध्यक्ष शोभामोहन पौडेललाई सम्मान गरेको छ ।

क्लबको आयोजनामा सोमबार हरितालिका तीजको अवसरमा भएको खुल्ला तीज गीत प्रतियोगिताको अवसरमा उनीहरु सहित राष्ट्रिय आवास विकास कम्पनीमा हालै महाप्रवन्धक पदमा नियुक्त भएका क्लबका पूर्व अध्यक्ष नारायण बास्तोलालाई समेत सम्मान गरिएको थियो ।

नेकपा जिल्ला कमिटि सदस्य एवं समाजसेवी दीपक पौडेल, युवा नेता एवं मदन भण्डारी फाउन्डेशन कास्कीका अध्यक्ष माधव बास्तोला, क्लबका अध्यक्ष बसन्त बास्तोला लगायतले क्लब तथा त्यस क्षेत्रको विकासमा योगदान गरेको भन्दै सांसद बराल र वडाध्यक्ष पौडेललाई दोसल्ला तथा सम्मानपत्रबाट सम्मान गरेका थिए ।