लायन्स क्लव अफ पोखरा आदर्श चौतारीले आइतबार पाचौं स्थापना मनाएको छ । कार्यक्रम शुभारम्भ लायन्स इन्टरनेशनल ३२५ वि १ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर विशेश्वर आचार्यले गरेका थिए ।
उक्त अवसरमा प्रमुख अतिथि समेत रहेका आचार्यले बालबालिका र युवा लक्षित सशक्तिरणको भूमिकालाई लायन्सले निर्वाह गर्दै आएको र अब शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्ने बताए ।
पाष्ट मल्टिपल काउन्सिल चियर पर्सन प्रेमबहादुर श्रेष्ठले निकै छोटो समयमा क्लबले प्रशंसनीय कार्य गर्न सफल भएको भन्दै मानवीय सेवामा निरन्तर लाग्न आग्रह गरे ।
कार्यक्रममा डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी विनोद ढुंगाना, जोन चियर पर्सन ओमप्रकाश सिग्देल, जेएलटी डिष्ट्रिक्ट कोअर्डिनेटर किशोर बराल, डेपुटी डिपार्ट चिफ माधव पौडेल, क्लवका एक्सेसन चियर पर्सन कमलबहादुर बस्नेत लगायतले बोलेका थिए ।
उक्त अवसरमा विभिन्न कार्यक्रममा संयोजक भएर काम गरे दयाशंकर गौतम, राजेन्द्र भण्डारी, मोहनराज पौडेल, वसन्तराज कोइराला, रुकबहादुर गुरुङ, नमराज क्षेत्री र अक्षयकोष दाता किशोरकुमार रंजितलाई सम्मान गएिको थियो ।
उक्त अवसरमा एक्सेसन चियर पर्सन कमलबहादुर बस्नेत र राजु श्रेष्ठले क्लवलाई २० थान लायन्सको लोगो अंकित पहेंलो ज्याकेट सहयोग गरेका थिए ।
क्लबका अध्यक्ष भरतराज सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष मोहनराज पौडेल, धन्यवाद ज्ञापन चार्टर प्रेसिडेण्ट वासुदेव कोइराला र सञ्चालन सचिव रुक बहादुर गुरुङले गरेका थिए ।




