एटीएमबाट पैसा लुट्ने थप एक चिनियाँ विमानस्थलबाट पक्राउ

एटीएमबाट पैसा लुट्ने थप एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ वर्षीय सु लुसली नामका चिनियाँ नागरिक रहेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले आइतबार राती त्रिभुवन विमानस्थलबाट सु लुसलीलाई पक्राउ गरेको पुष्टि गरे । 

सु लुसली चीन भाग्ने तयारीमा रहँदा अध्यागमनको सहयोगमा प्रहरीले पक्राउ गरेको डीएसपी बोगटीले रातोपाटीलाई जानकारी दिए । 

यस्तै घटनामा संलग्न फरार दुईको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 

शनिबार काठमाडौं प्रहरीले दरबारमार्गबाट राजधानीका विभिन्न बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।