ताजा समाचार

भाद्र १५ गते २०७६

अठारौं नियमित लघुकथा वाचन

सिर्जना, साहित्यिक उन्नयन र भाषिक साँस्कृतिक खोजमा लघुकथा लेखन र वाचनमा योगदान पु¥याउने उद्देश्यले गठन गरिएको आख्यान साहित्यमा स्थापित लघुकथा प्रतिष्ठान पोखराले नियमित लघुकथा वाचन १८ औं शृंखला सम्पन्न गरेको छ ।

सो कार्यक्रममा चितवनका ४, मलेशियाका १, मोरङको १ र पोखराका ९ गरी १५ वटा लघुकथाहरु थिए । चितवनका एकदेव अधिकारी (भिखारी), टीकाराम रेग्मी (नैतिक शिक्षा), विश्वनाथ खनाल (पुच्छर), अवतार ढकाल (एक्सपोर्ट क्वालिटी) र मलेशियाका राजु अपुरो क्षेत्री (केराको थाम) का लघुकथा वाचन गरेर सुनाइएको थियो भने पोखराका लक्ष्मण थापा, ईशा शाह, नवराज अधिकारी, भाष्कर, जनार्दन दाहाल, मुक्तिनाथ अधिकारी, पशुपति श्रेष्ठ, कल्याण पन्त र अल्पविरामले आआफ्ना लघुकथा वाचन गरेका थिए ।

सो अवसरमा मोरङकी पहिलो महिला लघुकथाकार उमा सिजापति (सुनको भात) ले मन्तव्य सहित आफ्नो रचना वाचन गरेकी थिइन् । अल्पविरामको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रम हरेक महिनाको दोस्रो शनिवार नियमित रुपमा लघुकथा वाचन हुँदै आएको छ ।