खुला नृत्य प्रतियोगिता ‘पोखरा स्टार सिजन–२’ को उपाधि जेनिशा पुनले जितेकी छन् ।
शनिबार पोखरामा भएको ग्राण्ड फिनालेमा पुनले फाइनल प्रवेश गरेका १४ जनालाई पछाडि पार्दै उपाधि जितेकी हुन् ।
उनले २५ हजार नगद पुरस्कार र मेडल हात पारिन् । प्रतियोगितामा पुनसहित ६१ जनाले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा मोनिका काउचा घर्ती मगरले द्धितीय, सागची गुरुङले तृतीय, अमृता राना मगरले सान्त्वना स्थान हासिल गरे ।
उनीहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारको साथमा मेडल हात पारे ।
प्रतियोगितामा वेस्ट युनिर्फममा पवित्रा शाक्य, दर्शक च्वाईसमा अनुष्चा गुरुङ र अनुशासनमा फोर्डन थापा घोषित भएका थिए ।
प्रतियोगिताको निर्णायकमा वरिष्ठ नृत्य निर्देशक मीन गुरुङ, सनबहादुर गुरुङ र दुर्गा गुरुङ रहेका थिए ।




