ताजा समाचार

भाद्र १४ गते २०७६

गजल सन्ध्याको अध्यक्षमा मोहन

गजल सन्ध्या पोखराको अध्यक्षमा मोहन भण्डारी भयन भएका छन् । सन्ध्याको शनिबार सम्पन्न ११ औं अधिवेशनबाट भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् । उनी अमृत सुवेदीको कार्यकालमा उपाध्यक्षको भूमिकामा थिए ।

संस्थाको उपाध्यक्षमा वसन्त विनोद, सचिवमा त्रुपक, सहसचिवमा वालिका अभिलाषी, कोषाध्यक्षमा महेश वस्ताकोटी चयन भए । यसैगरी कार्यसमिति सदस्य पदमा आवाज शर्मा, विनोद परिवर्तन, सरोज केसी, अर्जुनदृष्टि पौडेल, मैया सुवेदी र कमल सुवेदी भएका छन् ।

गजलको उत्थान, हाम्रो अभियान भन्ने नाराका साथ गजल सन्ध्या २०५९ मा स्थापना भएको हो । यसले नियमित रचनावाचन, पुरस्कार, विशेष कार्यक्रमसहित नवनीत साहित्य सागरसँगको सहकार्यमा अक्षरयात्रा सञ्चालन गर्दै आएको छ ।


Loading...