साफ यू–१५ च्याम्पियनसिपको फाइनल खेलमा भारतविरुद्ध नेपालले फराकिलो हार व्यहोरेको छ । शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भएको हो । कोलकत्तास्थित कल्याणीमा भएको पाँचौ सस्करणको उपाधि नेपालले रक्षा गर्न सकेन् ।
नेपाल प्रतियोगिताको पहिलो खेलमा भारतसँग ५-० गोल अन्तरले पराजित भएको थियो ।
भारतलाई जित दिलाउन खेलको १५ औँ टोन्जब्रामले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यस्तै ४२ औँ मिनेटमा अमनदिपले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । खेलको ४५ औँ भिमपोकमनले गोल गर्दै भारतलाई ३-० को अग्रता दिलाए ।
पहिलो हाफ सकिँदा नेपाल ३-० गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा थप ३ गोल गरेको थियो ।
भारतका लागि खेलको ५२ औँ मिनेटमा नोन्जमेलकपमले गोल गर्दै भारतलाई ४-० गोलको अग्रता दिलाए । खेलको ६५ औँ मिनेटमा जन्जरले जोल गर्दै भारतलाई जिततर्फ लिए ।
निकैनै आक्रमक भएको भारतका लागि ७६ औँ मिनेटमा नोन्जमेलकपमले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ६–० गोलको फराकिलो जित दिलाए । त्यस्तै खेलको ८० औँ मिनेटमा नोन्जमेलकपमले गोल गर्दै ह्याट्रिक पुरा गरे ।




