दासढुंगाको पर्खाल निर्माण पूरा नहुँदै भत्कियो, लाखौंको क्षति

नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी सवार जीप खसेको दासढुंगामा निर्माण भैरहेको कंक्रिटको पर्खाल निर्माण नसकिदै भत्किएको छ ।

दुर्घटनाको ऐतिहासिक संरचनालाई नै बिगार्ने गरी बनाइएको पर्खाल गत साउन ३१ गते राती भत्किएको हो । पर्खाल झण्डै ३० मिटर लामो र ३० मिटर नै उचाइको छ ।

पर्खालको दक्षिण तर्फको भाग अधिकांश भत्किएको छ भने नभित्एको भाग चर्किएको छ । त्यसलाई पनि भत्काएर नयाँ बनाउनु पर्ने अवस्था देखिएको छ । भत्किएको ठाँउमा पुरिएको माटो, बालुवा र ढुंगा मजदुरहरुले त्रिशुली नदीमा फालिरहेको देख्न सकिन्छ ।

जीप खसेको भिरालो ठाँउको ऐतिहासिक महत्व र पृष्ठभूमि नै मासिने गरी संरचना निर्माण गरेको भन्दैं सरोकारवालाहरुले आपत्ती जनाइरहेका बेला बनाइएको पर्खाल भत्किएको हो ।

पर्खाल भत्किँदा झण्डै २० लाख रुपैयाँभन्दा बढी क्षति भएको अनुमान गरिएको छ । सवारी पार्किङ, प्रतिक्षालय र शौचालय निर्माण गर्ने भन्दै कंक्रिटको पर्खाल लगाइएको थियो ।

विभागले कल्पवृक्ष निर्माण सेवा काठमाण्डौंलाई दासढुंगामा ‘रिटेन्सनवाल’ सहित पार्किङ र गाँजीपुरमा भ्यूटावार निर्माण गर्ने भन्दैं १ करोड रुपैयाँमा ठेक्का दिएको थियो । गत असारभित्रै काम सक्ने भनिए पनि ठेकेदारले विभागमा कुरा मिलाएर सम्झौता अवधि भदौ १५ गतेसम्म पु¥याएको थियो । म्याद सकिन दुई हप्ता बाँकी हुँदा संरचना भत्किए पछि ठेकेदारले नै यसलाई निर्माण गर्ने पर्यटन विभागका इन्जिनियर सचिन्द्र यादवले बनाए ।

गत असारभित्रै काम सक्ने भनिए पनि ठेकेदारले विभागमा कुरा मिलाएर सम्झौता अवधि भदौ १५ गतेसम्म पु¥याएको थियो । म्याद सकिन दुई हप्ता बाँकी हुँदा संरचना भत्किए पछि ठेकेदारले नै यसलाई निर्माण गर्ने पर्यटन विभागका इन्जिनियर सचिन्द्र यादवले बनाए ।