लामाचौर तीज महोत्सव : छात्रा भलिवल उपाधि केफलाई

“मौलिक संस्कृतिको जगेर्ना गरौँ” भन्ने उद्घोषका साथ पोखराको लामाचौरमा आयोजित छात्रा भलिवल प्रतियोगिताको उपाधि करुणानिधि एजुकेशन फाउण्डेशन(केफ)ले जितेको छ ।

केफले फाईनल खेलमा डिफेण्डिङ च्याम्पियन टप्स उच्च माविलाई २५—१९, १९—२५, २५—१८, २२—२५, १५—१० को सेटमा पराजित गरेको हो । प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्धितिय पुरस्कार १५ हजार रहेकोे छ ।

लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना हुने राष्ट्रिय महिला प्रतियोगितामा शनिबार लिग चरणका ४ खेलहरु हुने भएको खेल संयोजक शुशिल कुमार श्रेष्ठले बताए । नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा यही भदौं १६ गते सम्म इन्द्रराज्य लक्ष्मि माविको परिसमा संचालन हुने उक्त प्रतियोगितामा प्राविधिक कारण डिफेन्डीङ्ग च्याम्पियन शसस्त्र प्रहरी वल (एपिएफ) सहभागि नहुने भएकोे छ । अन्तिम समयमा आएर उक्त टिम सहभागी नहुने भए पछि त्यसको स्थानमा दाङको श्रीराम खेलकुद विकास समिति सहभागि हुने भएको खेल संयोजक श्रेष्ठले जनाए । प्रतियोगितामा ६ टिम सहभागि भएका छन् ।

शनिबार विहान गण्डकी प्रदेश र पारामाउण्ट इङसिल वोर्डिङ स्कुल काठमाण्डौं बिच पहिलो खेल हुने भएको छ । त्यसै गरी शनिबार यू—डाईमण्ड एकेडेमी बिरुद्ध चितवन टाईगर्स क्लव, अर्को खेलमा गण्डकी प्रदेश बिरुद्ध श्रीराम खेलकुद विकास समिति दाङ बिच खेल हुने भएको छ । शनिबार अन्तिम खेल न्यू—डाईमण्ड बिरुद्ध नेपाल पुलिस क्लव बिच हुने भएको छ ।

प्रतियोगितामा विजेता टोलीलाई एक लाख १ सय ५५, उपविजेतालाई ६५ हजार ५ रुपैया र तेश्रो हुनेलाई २५ हजार ५ रुपैया साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने भएको महोत्सवका प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षेत्रीले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने भएको छ ।

model pix