लामाचौरमा आयोजना हुने राष्ट्रिय महिला भलिवल प्रतियोगितामा यस वर्ष सशस्त्र प्रहरी वल (एपिएफ) सहभागी नहुने भएकोे छ ।
प्राविधिक कारण देखाउँदै डिफेन्डिङ च्याम्पियन समेत रहेको एपीएफ सहभागी नहुने भएको हो ।
एपीएफको स्थानमा दाङको श्रीराम खेलकुद विकास समिति सहभागी हुने खेल संयोजक सुशिल कुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ६ टिम सहभागी छन् ।
नव आदर्श सामुदायिक विकास समाजले तीज महोत्वमा राष्ट्रिय महिला भलिवल प्रतियोगिता आयोजना गर्दै आएको छ।




