नेकपामा एकता प्रक्रिया टुंगिँदै गएपछि भातृ संगठनहरुको पनि एकता त्यही गतिमा जारी छ । अनेरास्वबियूका फ्याक्सन ईञ्चार्ज, सह ईञ्चार्ज, संयोजक र सहसंयोजकसहित शुक्रबार बसेको बैठकले संगठनको नाम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन राख्ने निर्णय गरेको छ । युनियनको केन्द्रीय समिति ३३५ सदस्यीय हुनेछ ।
यसमा पूर्व अनेरास्ववियुबाट १८० र पूर्व क्रान्तिकारीबाट १५५ जना रहने छन् । युनियनको केन्द्रीय समितिको बैठक आगामी भदौ ३१ र असोज १ गते काठमाडौंमा भएको छ । बैठकले राजनीतिक र सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना पेश गर्न उपसमितिसमेत गठन गरेको छ । समितिको संयोजकमा ऐन महर, सदस्यमा सुरेन्द्र बस्नेत ,पञ्चा सिंह र तिलकराज भण्डारी छन् ।
विधान मस्यौदा उपसमिति संयोजकमा रञ्जित तामाङ र सदस्यमा सुनिता बराल ,समिक वडाल र सुदेश पराजुली छन् । आर्थिक तथा कार्यालय ब्यवस्थापन उपसमितिको संयोजकमा उत्तम अधिकारी र सदस्यमा सदस्य आरसी लामिछाने, झपिन्द्र खत्री र केशव रावल छन् ।






