यातायत कार्यालयका तीन कर्मचारी घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सेतीका निमित्त कार्यालय प्रमुख गम्भीर सिंह विष्टसहित ३ जनालाई घूस र स्रोत नखुलेको रकम लिएको आरोपमा पक्राउ गरेको छ ।

निमित्त प्रमुख सिंह सँगै अधिकृतहरु भुवन जोशी र जयराज कारीगरलाई पक्रउ गरेको हो । उनीहरुलाई सेवाग्राहीको गाडी विक्री गरी नामसारी गरिदिएबापत रू. १ हजार ५०० र स्रोत नखुलेको रू. १ लाख ५१ हजार बोकी हिँडेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।