ताजा समाचार

भाद्र १३ गते २०७६

बालिकाको ‘प्रणयपथ’ बजारमा

साहित्यका विभिन्न विधामा कलम चलाइरहेकी बालिका थपलियाको पहिलो कविता सङग्रह ‘प्रणयपथ’ बजारमा आएको छ । संग्रह ओरिएन्टल पब्लिकेशनले प्रकाशित गरेको छ ।सङ्ग्रहमा एक सय एक वटा कविता छन् ।

यस कृतिभित्रका कविताले प्रेम, राजनीति, दर्शन, युद्ध, प्राकृतिक सुन्दरता, मानवता लगायत अन्य विषयबस्तुलाई समेटने प्रयास गरेका छन् । कविताहरु स्वच्छन्दतावादी धारामा सलल बगेका छन् । उनले आफनो लेखनमार्फत जीवन जगतलाई कलात्मक रुपमा उतार्ने प्रयास गरेकी छिन् । कतै उनी प्रखर क्रान्तिकारी भएर उभिएकी छिन भने कतै, प्रेम, करुणामा प्लावित भएकी छिन् अनि कतै प्रकृति गाथा गाइरहेकी छिन् र कतै जीवनलाई दार्शनिक दृष्टिकोणले अध्ययन गरेकी छिन् ।
संग्रहका कविता मर्मस्पर्शी छन् ।

उनको कविताको एक अंश
यात्री !
जीवन त अथक यात्रा हो
बिर्सिदेऊ यो सिमानाको वैरभाव
भत्काऊ
त्यो छातीमा गाडिएको किल्ला
अनि निसाना एक बनाएर
समाऊ प्रेमविभोर भएर यी हात
र बढौं अघि
मानवताको लक्ष्य पुग्नलाई ।