सेप्टेम्बर ५ देखि सुरु हुने अन्डर-१९ एसिया कपको तयारीको लागि श्रीलंकामा रहेको नेपाली अन्डर-१९ क्रिकेट टिमले तेश्रो अभ्यास खेलमा शुक्रबार चिलाउ मारीएन्ससंग प्रतिस्पर्धा गर्दैछ।
भ्रमण अन्तर्गत नेपालले बिहिबार सम्पन्न दोस्रो अभ्यास खेलमा बदुरलिया क्रिकेट क्लबलाई ८० रनले पराजित गरेको थियो।
यस्तै पहिलो अभ्यास खेलमा मंगलबार सिन्हालिज स्पोर्ट्स क्लब यु-२३ टिमसंग रोमान्चक खेलमा ३ विकेटले पराजित हुन पुगेको थियो।
नेपाल र चिलाउ मारीएन्स बिचको खेल नेपाली समय १० बजे सुरु हुने बताईएको छ।




