कुशे औँशीको दिन अर्थात् शुक्रबार गोकर्णेश्वर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गरी शुक्रबार सार्वजनिक बिदा दिन लागेको जनाएको हो ।
बुधबार बसेको २५ औँ नगर कार्यपालिकाको बैठकले कुशे औँशीको दिन शुक्रबार बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख सन्तोष चालिसेले जानकारी दिए ।
उक्त दिन गोकर्णेश्वर नगरपालिकाअन्तर्गत रहेका नगरपालिका, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक बिदा हुनेछ ।
कुशे औँशीको दिन गोकर्णमा ठूलो मेला लाग्ने भएकाले गोकर्णे औँशीसमेत भनिन्छ ।






